लिखत रजिष्ट्रेशन शुल्क हिसाब

घरजग्गा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क, सेवा शुल्क, दाखिल खारेज, नामसारी, रोक्का दस्तुर, प्लोटिङ शुल्क र सम्पूर्ण छुट सुविधाहरू सहित।

बागमती प्रदेश आर्थिक ऐन, २०८३ — अनुसूची-१ मा आधारित · आ.व. २०८३/८४

उदाहरण →
§ ०० / अद्यावधिक

आ.व. २०८३/८४ मा भएका मुख्य परिवर्तन

बागमती प्रदेश आर्थिक ऐन, २०८२ → २०८३ — अनुसूची-१
१० वटा सारभूत परिवर्तन हेर्नुहोस्
१. छोडपत्र/दतावफारी (दफा १घ/१ङ): छोडपत्र छुट्टिएर छोडेको हक हिस्साको थैली अङ्कमा; नयाँ दतावफारी नियम — १% (अनुपातमा) र ०.५% (नामसारी/अपुताली)।
२. जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि (दफा ४ख): रु.५००/३००/२०० → रु.१,०००/८००/५००
३. दाखिल खारेज (दफा ५च — नयाँ): फैसलाबाट बदर भई साविक धितो जमानीकर्ताको नाममा — रु.५,०००/३,०००/१,०००। पछिका खण्ड च→छ, छ→ज, ज→झ, झ→ञ।
४. नामसारी (दफा ६): समतल शुल्क → थैली अङ्क अनुसार ४ स्ल्याब (भित्र ३,५००–१०,०००; बाहिर ७,०००–२०,०००)।
५. उद्योग छुट (दफा घ-४): ५०% छुटमा सूचना प्रविधि उद्योग थपिएको।
६. सञ्चय कोष ऋण (दफा घ-५): सामाजिक सुरक्षा/निवृत्तभरण कोष, बीमा, विश्वविद्यालय, बैंक कर्मचारी ऋण थपिएको (रु.२,०००)।
७. महिला/ज्येष्ठ छुट (दफा घ-९): "जुनसुकै प्रकारबाट" हटाइएको।
८. बैंकिङ उपकरण थ्रेसहोल्ड (दफा घ-१४): रु.१० लाख → रु.५ लाख (भुक्तानी प्रमाण अनिवार्य)।
९. रेमिट्यान्स छुट (साविक दफा घ-१९): २५% छुट हटाइएको
१०. सहकारी शेयर-सदस्य ऋण: सर्वोच्चको अन्तरिम आदेशसम्बन्धी व्यवस्था हटाइएको — अब सामान्य सेवा शुल्क/रोक्का दस्तुर लाग्छ।
+ कार्यालयको नाम: भूमिसुधार/मालपोत कार्यालय → भूमि प्रशासन कार्यालय
§ ०१ / स्थान

सम्पत्तिको स्थान

जग्गा रहेको स्थानीय तह छान्नुहोस्
§ ०२ / लिखतको प्रकार

लिखतको प्रकार

लागू हुने लिखत छान्नुहोस्
§ ०३ / थैली अङ्क

थैली अङ्क रकम

घोषित मूल्य वा न्यूनतम मूल्याङ्कन समितिको दर — जुन बढी हो
थैली अङ्क भर्नुहोस् — घोषित मूल्य र न्यूनतम मूल्याङ्कन समितिको दरमध्ये जुन बढी हो सोही। दशमलव मूल्य स्वीकार्य। समतल शुल्क (flat fee) भएका लिखतमा यो खाना स्वचालित बन्द हुन्छ।
§ ०४ / विकल्प

अन्य विकल्प

बेजिल्ला लिखत भए टिक गर्नुहोस्
§ ०५ / छुट र सुविधा

छुट र सुविधाहरू

लागू हुने सबै छुटहरू छान्नुहोस्
महत्त्वपूर्ण — दफा १३: एकै व्यक्तिलाई एकभन्दा बढी छुट लागू भएमा सबैभन्दा बढी हुने एउटा मात्र छुट दिइनेछ। सयप्रतिशत छुटले सबैलाई ओभरराइड गर्दछ।
लिङ्ग / उमेर सम्बन्धी छुट — दफा ९
सामाजिक / सामुदायिक छुट
विशेष / दुर्गम क्षेत्र छुट — दफा ९-ग
उद्योग / कृषि / लगानी सम्बन्धी छुट
संस्थागत छुट
§ ग / सेवा शुल्क

सेवा शुल्क

अनुसूची-१ (ग) — बित्तीय धितो सेवा शुल्क तथा डोर शुल्क
यो खण्डले अनुसूची-१ (ग) अन्तर्गतका सेवा शुल्कहरू — बित्तीय संस्थाको धितोबन्धक (दफा २) र डोर शुल्क (दफा १) — को हिसाब गर्दछ। व्यक्तिबीचको व्यक्तिगत धितोको लागि Tab ① मा दफा ७ (दृष्टिबन्धकी = १%) प्रयोग गर्नुहोस्।
सेवा शुल्क
बित्तीय धितो सेवा शुल्क — सम्पूर्ण स्ल्याब तालिका
ऋण रकमसेवा शुल्क (सबै क्षेत्रमा समान)
पाँच लाखसम्मरु. २,०००
पाँच लाखभन्दा बढी दश लाखसम्मरु. २,५००
दश लाखभन्दा बढी बीस लाखसम्मरु. ५,०००
बीस लाखभन्दा बढी चालिस लाखसम्मरु. ८,०००
चालिस लाखभन्दा बढी असी लाखसम्मरु. १२,५००
असी लाखभन्दा बढी एक करोडसम्मरु. २५,०००
एक करोडभन्दा बढी दुई करोडसम्मरु. ५०,०००
दुई करोडभन्दा बढी पाँच करोडसम्मरु. ७५,०००
पाँच करोडभन्दा बढी दश करोडसम्मरु. १,१०,०००
दश करोडभन्दा बढी पन्ध्र करोडसम्मरु. १,२५,०००
पन्ध्र करोडभन्दा बढी बीस करोडसम्मरु. १,५०,०००
बीस करोडभन्दा बढी पचास करोडसम्मरु. १,७५,०००
पचास करोडभन्दा बढी एक अर्बसम्मरु. २,००,०००
एक अर्बभन्दा बढी जतिसुकैरु. ३,००,०००
डोर शुल्क (दफा १):
काठमाडौँ उपत्यकाभित्र: महानगरपालिका रु.२०,००० | उपमहानगर/नगरपालिका रु.१५,००० | गाउँपालिका रु.१०,०००
काठमाडौँ उपत्यका बाहिर: महानगरपालिका रु.१५,००० | उपमहानगर/नगरपालिका रु.१०,००० | गाउँपालिका रु.५,०००
§ क-५ / दाखिल खारेज

दाखिल खारेज शुल्क

अनुसूची-१ (क) दफा ५ — सम्पूर्ण प्रकारहरू
दाखिल खारेज शुल्क
दर सन्दर्भ — दफा ५:
५(क), ५(ख), ५(घ): महानगरपालिका ५% | उपमहानगर/नगरपालिका ४.५% | गाउँपालिका ३%
५(च) फैसलाबाट बदर: महानगरपालिका रु.५,००० | उपमहानगर/नगरपालिका रु.३,००० | गाउँपालिका रु.१,०००
५(छ) नैफरिता: महानगरपालिका ३.५% | उपमहानगर/नगरपालिका २.५% | गाउँपालिका २%
५(ङ) बैंक स्वनाम: महानगरपालिका रु.१०,००० | उपमहानगर/नगरपालिका रु.८,००० | गाउँपालिका रु.५,०००
५(ज) अदालती लिलाम: महानगरपालिका रु.१०,००० | उपमहानगर/नगरपालिका रु.७,००० | गाउँपालिका रु.५,०००
५(झ) मोही: शुल्क लाग्दैन
§ अन्य / नामसारी-रोक्का-प्लोटिङ

अन्य शुल्कहरू

नामसारी, हाल साविक, घर कायम, संशोधन, रोक्का दस्तुर, प्लोटिङ, जग्गाधनी प्रमाण पुर्जा
शुल्क / दस्तुर
सम्पूर्ण समतल शुल्क सन्दर्भ तालिका
शुल्कको प्रकारमहानगरपालिकाउपमहानगर/नगरपालिकागाउँपालिका
नामसारी — ३ पुस्ताभित्र (थैली अङ्क)≤५०ल: रु.३,५०० · ५०ल–१.५क: रु.५,००० · १.५–३क: रु.७,००० · >३क: रु.१०,०००
नामसारी — ३ पुस्ता बाहिर (थैली अङ्क)≤५०ल: रु.७,००० · ५०ल–१.५क: रु.१०,००० · १.५–३क: रु.१५,००० · >३क: रु.२०,०००
हाल साविकरु. २,०००रु. १,५००रु. ८००
घर कायम (जनाउने)रु. २,५००रु. २,०००रु. १,०००
घर कायम (पाताल)रु. ५००रु. ४००रु. ३००
विवरण संशोधनरु. १,०००रु. ८००रु. ६००
रोक्का — ५ लाखसम्मरु. १,५००रु. १,०००रु. ५००
रोक्का — ५–१० लाखरु. २,०००रु. १,५००रु. १,०००
रोक्का — १० लाखभन्दा बढी→ Tab ② बित्तीय धितो सेवा शुल्क स्ल्याब अनुसार
प्लोटिङ ≤ ३३८६ वर्ग मि.रु. १५,०००रु. १०,०००रु. ५,०००
प्लोटिङ ३३८६–६७७२ वर्ग मि.रु. २५,०००रु. १५,०००रु. १०,०००
प्लोटिङ > ६७७२ वर्ग मि.रु. ३५,०००रु. २५,०००रु. १५,०००
जग्गाधनी दर्ता स्रेस्ता प्रतिलिपिरु. १००रु. १००रु. १००
जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपिरु. १,०००रु. ८००रु. ५००
§ क-२१ / घर बहाल (न्यून)

मासिक एक लाखभन्दा कम घर बहाल दर्ता

स्थानीय तह / वडा कार्यालयमा दर्ता हुने
मासिक एक लाखभन्दा कम बहाल रकम भएको घर बहाल सम्झौताको लिखत सम्बन्धित स्थानीय तह वा वडा कार्यालयमा दर्ता गर्नुपर्छ। पहिलो महिनाको बहाल रकमलाई थैली अङ्क मानी शुल्क लाग्छ।

महानगरपालिका / उपमहानगरपालिका: १%  |  नगरपालिका: ०.५%  |  गाउँपालिका: ०.२५%

स्थानीय तहले सङ्कलन गरेको शुल्कको ६०% स्थानीय सञ्चित कोषमा र ४०% प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्छ।
दर्ता शुल्क
§ परिभाषा / Definitions

पारिभाषिक शब्दकोश

Legal Terminology Dictionary — घरजग्गा कानुनी शब्दहरूको परिभाषा
प्रत्येक परिभाषा कानुनी दस्तावेजबाट उद्धृत — भूमि प्रशासन निर्देशिका, २०८१मुलुकी देवानी संहिता, २०७४ बमोजिम।
🔍